विमला हत्याको विरोधमा आन्दोलनमा उत्रिए आफन्त, फेला परेको ‘सोसाइड नोट’ उनले लेखेको पुष्टि (भिडियो)

मनिषा थापा

पिएनपिखबर : समता अस्पतालकी कर्मचारी मृतक विमला तामाङलाई न्यायको माग गर्दै उनका आफन्तहरुले शनिबार गौशला महानगरीय प्रहरी वृत गौशालामा अनादोलंन गरेका छन्। उनीहरुले विमलाले आत्महत्या नभई सुनियोजित ढंगले मारिएको भन्दै ‘हत्यारालाई फासी दे’ भन्दै नारा लगाएका थिए।

काठमाडौंको वौद्धस्थित समता अस्पतालमा सफाई कर्मचारीको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङको शव गत असार ३ गते झुण्डिएको अव्स्ठामा अस्पतालमा भेटिएको थियो।

काभ्रे घर भई हाल श्रीमान र ६ वर्षीय छोरासँग बौद्धमा डेरा बस्दै आएकी विमला गत असार २ गते विहान सदा झैं अस्पताल गएकी थिइन्। उनको ड्यूटी साँझ ७ बजे सकिन्थ्यो। तर, त्यो साँझ उनी घर फर्किनन्। भोलिपल्ट उनको शव अस्पतालको १८ नम्बर वार्डमा झुण्डिएको अवस्थामा फेला परेको हो।

उनले लगाएको लुगाको खल्तीमा कागजको टुक्रा भेटिएको थियो । उक्त कागजको टुक्रामा ‘अस्पतालका तीनजना कर्मचारीलाई कारबाही गर्नू’ भन्ने लेखिएको भेटियो जुन उनले नै लेखेको पुष्टि भएको छ ।

स्रोतका अनुसार उक्त कागजको टुक्रामा लेखिएको अक्षर र मृतक विमलाले छोरालाई विद्यालयमा भर्ना गर्दा भरेको फारामको अक्षर मेल खाएको छ । सो कुरा अनुसन्धान अधिकारीहरूले पुष्टि गरेका हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू