सलमान भन्छन, ‘कटरिनासँग हरेक फिल्ममा काम गर्न चाहन्छु’

मनिषा थापा

एजेन्सी : बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । पछिल्लो समय उनी र कटरिना कैफको लभ अफयेरलाई लिएर ठुलै चर्चा हुने गरेको छ । लगातार फिल्म फ्लप भएपछि सलमान खानको शरणमा पुगेकी कटरिनाको करिअर जोगाउन सलमान खानले अहम भुमिका खेले ।

टाइगर जिन्दा है, भारत जस्ता फिल्महरुमा कटरिना र सलमानको जोडीलाई दर्शकले मन पराइदिए । भारतमा कटरिनाको अभिनयलाई फिल्म समिक्षकहरुले पनि खुबै तारिफ गरिरहेका छन् ।

सलमान खानले कटरिनाको तारिफ गर्दै उनीसँग सबै फिल्म खेल्न आफु इच्छुक रहेको बताएका छन् । फिल्म ‘इन्साअल्लाह’, ‘किक २’ मा कटरिनालाई राख्न सलमान खानले निर्देशकहरुलाई आग्रह गरेको समेत बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू