यसरी भत्कियो सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौं, २७ असार : हिजो रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा बाढी तथा पहिरोको प्रकोप बढेको छ । वर्षाकै कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल पनि भत्किएको छ ।

तस्विर : केशव भण्डारीको फेसबुकबाट साभार

सिहंदरबारको पूर्वीगेट बाजेको सेकुवा नजिकैकाे पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको छ भने बाटो खुलाउने कार्य भइरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

यसरी भत्कियो सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल हेर्नुहोस भिडियो :

प्रतिक्रिया