काभ्रेमा बुहारीले गरिन सासुको हत्या

admin

काभ्रे, साउन १: काभ्रेको धुलिखेल नगरपलिका वडा नं १ देबीटार छहरेमा बुहारीले साहुको हत्या गरेकी छन् । बनेपा प्रहरीका अनुसार २६ वर्षीया बुहारी सुन्तली तामाङले ६५ वर्षीया सासु माइली तामाङको हत्या गरेको हो ।

मंगलबार राती करिब ८ बजेतिर बुहारी सुन्तली तामाङ र सासु माइली तामाङ बीच घरयासी झगडा भएका थिए । घटना स्थलमा पुगेका बनेपा इलाका प्रहरी कार्यालयका इन्सपेक्टर निरंजन भटराईका अनूसार मृतक माइली तामाङको टाउकोमा चोट लागेको छ ।

अहिले शव पोस्टमार्टमका लागि शीर मेमोरियल अस्पताल बनेपा घोकीचौरमा राखिएको छ । अनुसन्धानका लागि बुहारी सुन्तली तामाङ र छोरा धावा तामाङलाई प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताए ।

प्रतिक्रिया