घुस लिएको आरोपमा इञ्जिनीयर पक्राउ

राष्ट्रिय समाचार समिति

सर्लाही, २ साउन: घुस रकमसहित एक इञ्जिनीयर पक्राउ परेका छन् । रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव आज मलङ्वाको अशोका होटलबाट रु ५० हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो । उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । रासस

प्रतिक्रिया