आज कतिमा कारोबार हुँदैछ सुनचाँदी

शर्मिला गुरुङ

काठमाडौं, १३ साउन : आज साताको दोश्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। हिजोसम्म प्रतितोला ६५ हजारमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले बढेको छ।

त्यस्तै आज तेजावी सुन ६४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
भने चाँदीको भाउ यथावत छ । हिजो प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया