जसलाई सहकारीले शरणार्थी बनायो, ११ बर्षमा बिहे गरेकी छत्र कुमारी आमाको दर्दनाक कथा यस्तो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ”हामीले करिब २० मिनेट उनीसँग कुरा गर्यौं । फोटो खिच्दा वा कुरा गर्दा अधिकांश समय हात जोडिरहेकी देखिन्थिन् । ममाथि अन्याय नगर न भनेर ९४ वर्षदेखि हात जोडेर बिन्ती गर्दा गर्दा हात जोड्ने बानी परेको हुन सक्छ उनमा ।”

सिलापत्र डटकममा ९४ बर्षीय छत्र कुमारी आमाको ‘धन खायो सहकारीले, मन खायो गरिबीले’ शिर्षकको आलेख पढेर विदेशबाट हाम्रा शुभचिन्तकहरुले उनको स्थलगत रिपोर्ट तयार पारिदिन हामीलाई आग्रह गरे पश्चात हामी भक्तपुरको दुवाकोट स्थित उनकै निवासमा पुगेर उनका शुख दुखहरु खोतल्ने सानो प्रयास गरेका छौ।

समाचारमा पढे जस्तै सजिलै हामीलाई उनको निवास पत्ता लगाउन सहज भने भएन करिब डेढ घण्टा येताउता घुमेपछि छिमेकीहरुलाई सोध्दै खोज्दै दुवाकोटको काठमाडौं मेडिकल कजेलको ग्राउन्ड पछाडि पीपलको रुखसँगै जोडिएको एउटा पुरानो घर भेटियो । हामि पुग्दा छत्र कुमारी आमा घर अगाडीको पिपल रुख संगै जोडिएको मन्दिर सफा गर्दै थिइन।

धुमिल आँखा । सेताम्मे कपाल । अनुहारको छाला सोहोरिएर नाक र चिउडाको बीचमा केही गुजुमुजु परेको । दाँत सबै झरेर चुच्चो जस्तो देखिने अनुहार । छाला टासिएको हड्डी मात्रैको शरीर । तौल पनि धेरै छैन होला । शरीर उभ्याउने पिँडुला पनि ठूला कहाँ थिए र ! हामीलाई देख्ने बित्तिकै उनले दुइ हात जोडेर नमस्ते गरिहालिन।

करोडौको सम्पति भएर पनि पिडै पिडा हेलै हेलामा सम्पूर्ण जीवन बिताएकी छत्र कुमारी आमाले आफ्नो जीवनका भोगाइहरु यसरी सुनाइन। हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू