युवा ज्योतिष अनिल थापाले जन्मकुण्डली फरर बताईदिँदा पत्रकार परे चकित (भिडियो)

मनिषा थापा

पिएनपिखबर : यतिबेला सामाजिक संजाल र मिडियाहरुमा बिभिन्न बाबा, माता र ज्योतिष भाइरल हुने लर्को नै लाग्ने गरेको छ। कतिपयले आफ्नो तपस्या, ज्ञान र अध्यनका आधारमा भविष्यवाणी गर्ने गरेका छन् भने कतिपयले हुइयाकै भरमा सामाजिक संजालमा चर्चित बनेर दाम कमाउने बाटो मात्र खोजिरहेका छन्।

हामी एकजना यस्ता युवा ज्योतिष कहाँ पुग्यौ जसले अरुको भुत भबिष्य र वर्तमान ग्रह र नक्षेत्रहरुको गहन अध्यनबाट बताउने गरेका छन्। हामि पुग्दा यी ज्योतिष ध्यानमा मग्न देखिन्थे। उनको अफिसको छेउमा एउटा टेलिस्कोप पनि राखिएको रहेछ। आफुलाई भारत र नेपालको बिभिन्न गुरुहरुबाट ज्ञान मिलेको बताउने ज्योतिष अनिल थापाले टेलिस्कोपबाटै ग्रह र नक्षेत्रको अध्यन गर्ने बताएका छन्।

हुनत यतिबेला समाजमा त्रास फैलाउने भविष्यवाणी गरेकै आधारमा बिभिन्न ज्योतिषहरु पक्राउ पर्ने क्रम बढेको छ तर यी ज्योतिषले हाम्रै पत्रकार मित्रको भुत भविष्य हेरेको शैली देख्दा हामी नै चकित परेका छौं। आज हामी तपाईहरुलाई ज्योतिष अनिल थापाले गर्ने भविष्यवाणीको शैली प्रस्तुत गर्दैछौं तर हामी तपाईहरुलाई यो भिडियो हेरेकै भरमा कसैको विश्वास र भरोसा नगर्न समेत् विनम्र आग्रह गर्दछौं।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू