मेयरले आफुखुशी बजेटको खर्च गरेको उपमेयरको आरोप, खर्चको छानविन हुने (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मध्यपुर थिमी नगरपालिकाका मेयर मदनश्रेष्ठले आफूखुशी विकास बजेटको खर्च गरेको भन्दै उपप्रमुख अञ्जना देवी मधिकर्मीको अध्यक्षतामा आयोजना गरेको बिशेष नगरसभा बुधबार सम्पन्न भयो।

उक्त सभामा धेरै समयसम्म प्रतिक्षा गर्दा मेयर अनुपस्थित भएपछि उपमेयर मधिकर्मीको अध्यक्षतामा नगर सभा बसेको थियो। बहुमत रहेको काँग्रेसका तर्फबाट निर्वाचनमा चुनिएर आएका जनप्रतिनिधिको भनाईलाई बेवास्तै गर्दै पेलेरै काम गर्दै आएको आरोप लागेका प्रमुखले आफ्नो मनपरी तन्त्रलाई बढवा दिएका कारण बिशेष नगर सभा आह्रवान गर्नु परेको उप प्रमुख मधिकर्मीले जनाईन।

अब बनेको समितिले मेयर श्रेष्ठले गरेको बजेट खर्चमाथि छानविन गरिने उनको भनाई छ। उनले भनिन्, ”हातेमालो गरेर समृद्धको लागि अगाडी बढ्नु पर्ने बेलामा यसरी एक्लै आफुमात्रै काम गर्ने, आफ्नै खल्तीको रुपैया जस्तै गरी खर्च गर्नुहुन्छ जुन ठिक हैन।”

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू