क्यान्सर पिडित २१ वर्षीय छोरालाई बचाइदिनु भन्दै आमाबुबाले मागे गुहार (भिडियो)

मनिषा थापा

पिएनपिखबर : २१ वर्षीय संजय लामालाई ‘बल्ड क्यान्सर’जस्तो प्राणघाताक रोग लागेको छ। भक्तपुरको क्यान्सर अस्पतालमा उपचार्थ संजय लामाको स्वास्थ्य अवस्था दिन दिनै नाजुक बन्दै जानुको साथै खर्चको अभावले उपचारमा निकै कठिनाई भईरहेको छ।

सिन्धुली घर भएका धकेन्द्र स्याङ्गतान र सुकुमाया स्याङ्गतानको दुई सन्तान छन्। एक छोरी र एक छोरा जुन अस्पतालको शैयामा छटपटाई रहेका छन्। संजयला बाबुले अहिलेसम्म उपचारमा ऋण, घरको पैसा गरेर ७ लाख नाघिसकेको बताए। अझै पनि उपचारको लागि धेरै रकम लाग्ने बताएका छन् तर पैसा छैन भन्दै उनले दुख व्यक्त गरे। उनको छोरा पहिला राम्ररी बोल्ने हास्ने गर्थे तर अहिले बोल्न पनि ग्राहो मान्ने, टाउँको दुख्ने, उल्टी आउने गर्दा निकै असहज हुने गरेको छ।

लामा बैदेशिक रोजगारीको लागि मलेशिया गएका थिए। उनलाई मलेशियामै रहंदा क्यान्सर भएको थियो । त्यही १ महिना उपचार गराउँदा पनि सन्चो नभएपछि उनी घर फर्किएका हुन्। विगत पुष देखि थला परेका उनलाई यति खेर किमो चलाईएको छ। डाक्टरले ३० देखि ३५ लाखसम्म लागेको बताएका छन्।

संजयका बाबुले भावुक हुँदै भने, ”छोराले मलाई जसरी पनि बचाउनुस, उपचार गर्दिनुस भन्ने गर्छ। मेरो २१ वर्षको भर्खरको छोरालाई यस्तो रोग लाग्यो बुढेसकालको एक्लो साहारालाई म बचाउन चाहान्छु।” संजयका बुबाआमाले नै छोरालाई बचाईदिन सहयोगीमनहरुलाई अनुरोध गरेका छन्।

तपाईहरुको सानो सहयोगले २१ वर्षीय कलिलो उमेरका संजय लामाको जीवन बचाउन सकिन्छ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ। साथै सहयोग गर्न चाहनुहुने महानुभावहरुले संजय लामाको नामबाट खोलिएको माछापुच्छ्रे बैंकको खाता नम्बर: ३७४०५२४७३२४४३०१२ अथवा धकेन्द्र स्याङ्गतान(बुवा)को मोबाइल नम्बर ९६१६४३७६०५ मा सम्पर्क गर्न सक्नु हुनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू