ज्ञानेन्द्र शाहीको अभियानमाथि साजन विकको यस्तो आरोप, समाजसेवी बस्नेतले दए स्पष्टीकरण

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय ‘नेपालका लागि नेपाली’ अभियानमा लागेका समाजसेवी विनय जंग बस्नेत र ‘नेपालका लागि नेपाली’ अभियान छाडेका साजन विक एकै साथ मिडियामा देखिएका छन्।

साजन विकले उक्त अभियान कुनै दलभन्दा माथि रहेर स्वतन्त्र अभियान रहेको बताउदै आएपनि राजतन्त्रको पूर्णस्थापना गर्नु मुख्य उद्देश्य रहेको भन्दै अभियान छाडेका थिए। साजन विकले उक्त अभियानबाट छुटेर छुट्टै अभियान संचालन गरेका छन् जुन भ्रस्टचार विरोध नै रहेको छ।

कुराकानीको क्रममा साजनले ‘नेपालका लागि नेपाली’ अभियानले गणतन्त्र ढालेर जनतालाई लडाई आफ्नो शक्ति केन्द्र स्थापित गर्ने स्वार्थ रहेको बताए। उक्त अभिव्यक्तिलाई खण्डन गर्दै समाज सेवी बिनय जंग बन्सेतले साजनले लगाएको आरोप झुटो रहेको र भ्रष्टचार विरुद्ध नेपालको लागि नेपाली अभियान विशुद्ध रहेको जनाए।

राजा ल्याउने मुख्य उद्देस्य रहेको आरोप लगाउदै विकले भने, ‘केहि दिन अघि मात्रै अभियानका ज्ञानेन्द्र शाही पुर्व राजासँग भेट गरे जसले गर्दा राजा ल्याउन लागि परेको स्पष्ट हुन्छ।’

विनय जंग बस्नेतले भने आफु राजाको समर्थक रहेको तर ‘नेपालको लागि नेपाली’ अभियानको भने राजतन्त्र फर्काउने कुनै उद्देश्य नभएको जनाए। उनले स्वतन्त्र अभियान भएकोले राजा देखि हरेक दलका नेतासँग भेट्दैमा उनीहरुकै समर्थक रहेको भन्न नमिल्ने बताए।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू