गायिका तथा गीतकार रमा थापाको पाँचौँ एल्बम ‘उमंग २’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १७ साउन  : विगत लामो समय देखि गीत संगीत क्षेत्रमा योगदान दिँदै आएकी गायिका तथा गीतकार रमा थापाको पाँचौ एल्बम “उमंग २” विमोचन गरिएको छ । राजधानीमा एक भब्य कार्यक्रमको बिच उक्त एल्बम सार्वजनिक गरिएको हो।

कार्यक्रममा सामबेशी ४ वटा गीतको म्युजिक भिडियो मध्ये २ वटाको म्युजिक भिडियो समेत सार्वजनिक गरियो । गायिका रमा थापाको एल्बममा ४ वटा गीत रहेको छ भने १ मा “केपी बा को रेल २” रेहको छ। साथै २ मा “छमछम पानी”, ३ मा “आमा तिमी गयौ छोडेर” र ४ मा “थाहा छ तिमीलाई” रहेको छ ।

पछिल्लो वर्ष पनि तीजलाई मध्यनजर गरेर “केपी बा को रेल” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन्। उक्त गीतमा नेपाल अनि नेपाली राजनीति र देशको अवस्थालाइ जोडेर देशको प्रधानमन्त्रिलाइ देशप्रतिको दायित्वको स्मरण गराउँदै व्यंग्यात्मक गीत सार्वजनिक गरेकी थिइन्।

यस्तै यस पटक पनि सोहि “केपी बाको रेल”लाइ नै पूर्णरुप दिदै अझ थप देशप्रतिको दायित्वलाइ जोडिएर गीत रचिएकोछ । तपाईहरुले युट्य़ुबमा गएर रमा थापा खोजि उनको गीतहरु हेर्न र सुन्न सक्नु हुनेछ भने युट्युबमा आरजे फिल्म्स नामको च्यानालमा गएर “केपी बा को रेल २” जुन हिजो मात्र सार्वजनिक गरिएको छ। उक्त गीतको म्युजिक भिडियो हेर्न सक्नु हुनेछ । 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया