खाली जग्गालाई सामुदायिक वन बनाइँदै

कृष्ण रोकाया

लमही १८ साउन : दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वनले खाली जग्गालाई सामुदायिक बनाउन थालेको छ ।

 

सामुदायिक बनमा खाली रहेको १७ बिघा जग्गालाई वन बनाउनका लागि रुख रोप्न थालिएको छ । उक्त जग्गामा १५ हजार बिरुवा रोप्ने कार्य शुरु गरिएको सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताउनुभयो । “सामुदायिक वनको करीब १७ बिघा जग्गा खाली छ, त्यसमा रुख रोपेर वन बनाउन रुख रोप्न थालेका छौं”, उहाँले भन्नुभयो, “यसले वनलाई थप हराभरा बनाउने छ ।”

पछिल्लो समय वन विनाश हुँदा जलवायु परिवर्तन हुने भन्दै जलवायु अनुकूलन गर्न वनको संरक्षण गर्न लागिएको उहाँको भनाइ छ । उक्त खाली जमीनमा साल, सिसौ, खयर, जामुन, सिमललगायतका बिरुवा रोप्न शुरु गरिएको हो । रासस

प्रतिक्रिया