आगामी दिनमा झनै शसक्त भएर आउनेछौ : रवि लामिछाने

मनिषा थापा

पिएनपिखबर : सोमबार जिल्ला अदालत चितवनमा ५ लाख धरौटीमा रिहा भएका संचारकर्मी रवि लामिछानेले पत्रकार सम्मेलन गरी समर्थन गर्ने सबैलाई धन्यबाद दिएका छन्। यसको साथै उनले यस प्रकरणमा न्यायका लागि अहोरात्र खटिएर सुचना प्रवाह गरी देश देखि विदेशसम्म पुर्याएकोमा सम्पूर्ण मिडियालाई धन्यबाद दिएका छन्।

आज मंगलबार बिहान चितवनस्थित ग्लोबल होटलमा औपचारिक रुपमा कार्यक्रम गरी लामिछानेले हिरासतमा रहँदा आफूलाई थप उर्जा मिलेको र आफु अब अझ थप बलियो भएर आउँने उनले बताएका छन् । उनले आफुले पैसाका लागि यो पेशामा नआएको भन्दै जसले पैसा खाएको आरोप लगाएका छन् उनीहरुलाई आरोप प्रमाणित गर्न उनले माग गरेका छन् । उनले आगामी दिनमा ‘सिधा जनतासँग’ कार्यक्रम थप सशक्त बनाएर लैजाने बताए।

आजको दिनमा आफु सत्य, तथ्य र निष्पक्ष बाटोमा भएको भन्दै कसैसँग व्यक्तिगत रिसीबी नभएको जिकिर गरेका छन् । आफुले प्रदर्शनका क्रममा हिरासतमा भएका व्यक्तिहरुलाई भेट गरेको उनले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा आफ्नो जीवनको पहिलो प्राथामिकता पत्रकारिता नै रहेको तर राजनीति पनि विकल्प हुनसक्ने उनले बताए।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू