सुनको भाउ घट्यो

मनिषा थापा

काठमाडौं : आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्यमा ९०० रुपैयाँले घटेर प्रतितोला ७२ हजार ६०० कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९०० का दरले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार ३०० कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २०० पुगेको थियो । सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया