१५ दिन लामो सिंगापुर बसाई पूरा गरी प्रधानमन्त्री ओलीको काठमाडौंमा अवतरण

मनिषा थापा

काठमाडौं : १५ दिन लामो सिंगापुर बसाइ पूरा गरेर आज प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं आएका छन। थाइ एयरवेजबाट उनी काठमाडौं आइपुगेका हुन्। हात हल्लाउँदै एरपोर्टबाट बाहिर निस्किएका प्रधानमन्त्री ओली त्यहाँबाट बालुवाटारतिर लागेका छन्।

आज ओलीको प्रतीक्षामा मिडियाहरु विहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए तर उनले पत्रकारहरुसँग कुनै कुराकानी गरेनन्।

१० दिन सिंगापुरमा उपचार गरेर नेपाल आएका ओली १० दिन नेपालमा बसेपछि फेरि थप उपचारका लागि सिंगापुर फर्किएका थिए।

प्रतिक्रिया