मोदीले नेपालमा सबै मरिसके भन्ने ठाने अब आगो बल्छ : फणिन्द्र नेपाल

मनिषा थापा

पिएनपिखबर : लामो समय देखि भारतले नेपालको सिमा मिचेको भन्दै अभियान चलाउँदै आएका फडिन्द्र नेपाल भारतले निकालेको नयाँ नक्सा प्रति रुष्ट भएका छन्। उनले नेपालको भुमि मिचेर भारतले दादागिरी देखाएको जनाए।

१९५४ देखि नै भारतले लिपुलेक आफ्नै भनेर दाबी गर्दा पनि सरकार मौन रहँदै आएको उनले गुनासो पोखे। उनले भने, ‘भारतले यस अघि काली नदि पनि आफ्नो नक्सामा पारेको थियो तर सरकार चुप नै रहयो। फेरी नयाँ नक्सा निकाल्दा पनि अझै सरकारले आधिकारिक धारणा निकालेको छैन। नेपाल सरकारलाई आफ्नो कालापानी आफ्नै हो भन्न पनि कस्तो डर ?’

उनले अघि भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सबै मरिसकेको ठानेका छन् यो इस्युले अब आगो बल्छ।’ उनले शुक्रबार भारतीय दुतवासमा ज्ञापन पत्र बुझाउन जाने बताए। बाँकी हेर्नुहोस भिडियोमा।

प्रतिक्रिया