सेनामा नक्कली प्रमाणपत्र छानबिन, दुई उपरथीद्वारा राजीनामा

admin

काठमाडौं, कात्तिक २२ : नेपाली सेनाभित्र नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघिबढेपछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएका छन्। सेनामा लामो समयसम्म लेखा प्रमुखको जिम्मेवारीमा रहेका उपरथी (मेजर जर्नेल) भुवन अधिकारी र सिरिया फोर्स कमाण्डका अस्थायी नियुक्ति पूरा गरी फर्केका अर्का उपरथी (मेजर जर्नेल) शिवराम खरेलले राजीनामा दिएका हुन्।

स्रोतका अनुसार उनीहरुको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा जंगी अड्डामा परेको उजुरीमा छानबिन भइरहेको छ भन्ने खबर नागरिक दैनिकले लेखेको छ।अधिकारीको राजीनामापत्र मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। उनीमाथी शक्तिको आडमा लामो समयदेखि लेखा प्रमुखमा रहेकर आर्थिक अनियमितता गरेको आरोपसमेत लागेको छ।

प्रतिक्रिया