प्रम ओली अस्पतालमा : एपेन्डिसाइटिसको शल्यक्रिया गरिदै

मनिषा थापा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि उनको आज शल्यक्रिया गरिदै छ। स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्न लागिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका एक डाक्टरले बताएका छन्।

प्रधानमन्त्री ओलीलाई सोमबार राति पेट दुखेको कारण मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका थिए। परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने तयारी भएको जानकारी छ।

उनलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको छ। यसअघि पनि प्रधानमन्त्री ओली फलोअपका लागि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए । मिर्गौमा समस्या देखिएपछि उनको केहि दिन अघि चौथो पटक डायलासिस गरिएको थियो।

प्रतिक्रिया