काठमाडौं, मंसिर २९ : आज पनि देशका उच्चपहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशको पश्चिमी भूभागमा अन्य स्थानको तुलनामा थोरै वर्षा भएपनि मध्य र पूर्वी पहाडी क्षेत्रका पहाडमा पानी पर्ने उल्लेख गरेको छ।
आइतबार राती पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको छ। हिउँदयाममा देशको पश्चिमी भागबाट भित्रने वायुका कारण नेपालमा वर्षा र हिमपात भई चिसो बढ्ने गर्छ।
मौसमविदहरुले चिसोबाट बच्न तातो र झोलिलो पदार्थ खान तथा बाक्ला र न्यानो लुगा लगाउन आग्रह गरेका छन्।