‘क्रिसमस’ मनाउन विद्यार्थीलाई बाध्य बनाए कारवाही गर्छौ : सागर थापा

मनिषा थापा

पिएनपिखबर : ‘क्रिसमस डे’ नजिकिदै गर्दा विश्व हुन्दु युवा महासंघले स्कूलहरुमा विद्यार्थीहरुलाई ‘क्रिसमस डे’ मनाउन बाध्य बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको छ।

महासंघले विहिबार रिपोटर्स कल्बमा पत्रकार सम्मेलन गर्दै विधार्थीहरुलाई ‘क्रिसमस’ मनाउन बाध्य नबनाउन प्याब्सनलाई आग्रह गरेका हुन्।

बाल मस्तिष्कमा इच्छा विपरित ‘क्रिसमस’ मनाउन लगाई इसाई धर्मको जवर्जस्ती प्रचार गर्न थालेको विश्व हुन्दु महासंघका सदस्य सागर थापाले बताए। उनले लोभ लालच देखाई शिक्षा र स्वास्थ्यको नाममा धेरै व्यक्तिलाई धर्म परिवर्तन गराउन लागेको उनको गुनासो छ।

यस अघि पनि उक्त संघले इसाई धर्म फैलाएको विरोध गर्दै आएको छ। बाँकी हेर्नुहोस भिडियोमा।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू