पूर्वमाओवादीले लुकाएको (एसएमजी) र १० हजार थान गोली बरामद

मनिषा थापा

सुनसरी : प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट ठूलो परिमाणको गोलीसहित अत्याधुनिक हतियार एसएलआर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष सूचनाको आधारमा बराहक्षेत्र नगरपालिका वडा नम्बर-५ (सावित भरौल गाविस) स्थित पूर्वमाओवादी कार्यकर्ताकाके घरबाट सवमेशिन गन (एसएमजी) सहित ९ हजार ९ सय ८२ थान गोली बरामद गरेको हो।   

पूर्वमाओवादी कार्यकर्ता खेम प्रधानको कुखरा फार्मबाट जमिनमुनि गाडेर राखिएको अवस्थामा आइतबार सुनसरीबाट खटिएको प्रहरीले उक्त मेशिन गन, ९ हजार ९ सय ८२ थान गोली र एक बोरा विष्फोटक पदार्थ फेला सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए ।

भारी मात्रामा बरामद भएको गोली र विष्फोटक पदार्थबारे नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । बरामद भएको हतियार र गोली पुरै खिया लागेको अवस्थामा भेटिएको थियो । 

जसबाट उक्त हतियार अहिलेको नभई द्धन्द्धकालिन हुनसक्ने प्रहरीको अनुमान छ । २०६७ सालदेखि आफ्नै घरमा कुखुरा फर्म खोलेर ब्यवसायी गर्दै आएका प्रधान द्वन्द्वकालमा माओवादीका कार्यकर्ता रहेको बुझिएको छ । हतियार कुखुरा फर्मको ढलान गरेको जमिनमुनिबाट निकालिएको थियो ।

प्रतिक्रिया