खेतमा काम गर्ने किसानलाई सरकारले देख्न सक्दैन : कृषक राजु कपाली

मनिषा थापा

पिएनपिखबर : देशको नेतृत्व खराब भएको कारण देशमा रोजगारीको अवसर छैन भन्दै रोजगारीको बाहानामा विभिन्न देशमा नेपाली युवाहरु बाहिरिने क्रम अझै रोकिएको छैन। तर लामो समय दुबईमा काम गरेर स्वदेश फर्किएका राजु कपाली भने देशमा केहि गरेर देखाउँछु भन्दै आधुनिक कृषिको प्रयोग गरी गोलभेडा खेतीमा लागे।

विगत २ वर्ष अघि उनले १५ लाखको लगानीमा तरकारी खेती गरेका हुन्। हालै उनको कृषि फारममा गोलभेडा मात्रै नभई ब्रोकाउली, काउली, भेडे खुर्सानी, सागसब्जी, फर्सी लगायतका तरकारीहरू लटरम्मै फलेको देखिन्छ।

हुनत सरकारले अहिले कृषिमा लाग्ने युवा उद्दमीहरुलाई सहजीकरण गर्ने उद्देश्यका साथ विभिन्न कृषि परियोजानाहरु भित्र्याएको देखिन्छ तर राजु जस्ता कृषकले भने सरकारले अहिलेसम्म केहि नगरेको गुनासो गर्छन। हालको उत्पादनबाट नाफा निकाल्न नसकेको कृषक कपाली भनाई छ। उनी भन्छन्, ‘खेतमा काम गर्ने किसानलाई सरकारले देख्न सक्दैन।’ 

विशेषगरी तरकारी खेतीमा आत्मनिर्भर जिल्ला भक्तपुरमा भूमाफियाले जग्गाहरु धमाधम प्लटिङ्ग गरेपछि दिनप्रतिदिन कृषि उत्पादनमा कमी आइरहेको छ। आउनुहोस भिडियोमा हेरौ युवा उमेरमै जोश र जाँगरका साथ कृषिमा केहि गर्छु भनेर लागेका मेहेनती कृषक राजु कपाली सँगको कुराकानी।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू