सिपी गजुरेल सिंहदरबारको गेटबाटै पक्राउ

मनिषा थापा

काठमाडौं : देशभक्त गणतान्त्रिक मोर्चाकाका संयोजक सीपी गजुरेल सिंहदरबार गेटबाटै पक्राउ परेका छन्। हिजो(आइतबार) उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सीमासम्बन्धी विषयमा ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेल पक्राउ परेका हुन्।

रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागेपछि प्रहरीले रोकेको थियो। त्यसक्रममा दुवैपक्षबीच दोहोरो झडप समेत भएको थियो। झडपमा परी २ प्रहरीसमेत घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया