नगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा नगरपालिकालाई डम्विङ्ग साइट बनाइदिने चेतावनी

admin

सप्तरी, पुस १५ : सप्तरीको राजविराजमा एक सातादेखि फोहोर व्यवस्थापन हुन नसक्दा युवाहरुले नगरपालिकालाई डम्विङ्ग साइटको रुपमा परिणत गरिदिने चेतावनी दिएका छन् ।

राजविराज बजारमा फोहोरले बजार नै दुर्गन्धित बनेपछि युवाहरु आक्रोशित बन्दै नगरपालिकालाई यस्तो चेतावनी दिएका हुन् । युवाहरुले मंगलबार बजारमा थुपारिएका फोहोर संकलन गरेर नगरपालिका कार्यालयको मुख्य गेटमा थुपारेका हुन् ।

यता, नगरपालिकाकी उपप्रमुख साधना झाले भ्रमण वर्ष २०२० लाई लक्षित गरी चौतर्फी सरसफाईको कार्यक्रमलाई तिव्रता दिएको दाबी गरे । उनले कुनै स्थानमा फोहोर भए सफा गर्न लगाउने बताए ।

प्रतिक्रिया