नेपालमा फेरि हिउँ र पानी पार्ने अर्को वायुप्रणाली छिर्दै

admin

काठमाडौं , पुस २० : जम्मु–कश्मीर क्षेत्रमा विकसित पश्चिमी वायुका कारण पानी र हिमपात परेपछि यतिखेर निकै चिसो बढेको छ। देशको पश्चिमी क्षेत्रबाट अर्को वायुप्रणाली प्रवेश गर्ने भएकाले अझै केही दिनसम्म मौसम सफा नहुने महाशाखाले जानकारी दिएको छ।

तर आज (आइतबार) देखि यो वायु प्रणाली कमजोर भई मौसममा सुधार देखिँदैछ। जल तथा मौसम विज्ञान विभागका अनुसार अब भारी बर्षा र हिमपात हुने क्रम रोकिनेछ। तराई क्षेत्रमा मौसम खुल्दै गएको छ। देशको मध्यपूर्वी भागका उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेपनि अरु क्षेत्रमा भने यो क्रम रोकिएको छ।

प्रतिक्रिया