त्रिभुवन विमानस्थलबाट सुन र हिरासहित दुई भारतीय नागरिक पक्राउ

admin

काठमाडौं, पुस २० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन र हिरासहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहम्मद मेदिन र कोट्टाकुथ किज्हाकिथिल रहेका छन् ।

दुबईबाट नेपाल आएका उनीहरुको साथबाट ५९९ ग्राम सुन र २२२ ग्राम हिरा बरामद भएको हो । मलद्वारमा लुकाएर सुन र हिरा तस्करी गरिरहेको अवस्थामा विमानस्थलबाट उनीहरु पक्राउ परेका हुन् ।

एक साताको अन्तरालमा त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेको यो पाँचाै पटक हो । यसअघि पुष १५ गते आधा किलो सुनसहित दुईजना र पुष १८ गते दुईकिलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका थिए ।

प्रतिक्रिया