सुनको मूल्य : तोलाको ८० हजार ५ सय रुपैयाँ

admin

काठमाडौं, २१ फागुन : बुधबार सुनको मूल्य एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गएको फागुन १२ गते सुनको मूल्य तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनको मूल्य : आज तीन सय घट्यो

 

प्रतिक्रिया