पाम तेलमा कोटा लाइसेन्स रद्द

admin

विराटनगर , २३ फागुन : नेपालबाट निर्यात हुने पाम तेल आयातमा भारतले कोटा तोक्दै लाइसेन्स रोकिदिएको छ। भारतको विदेश व्यापार महानिर्देशनालयले (डाइरेक्टोरेट जनरल अफ फरेन ट्रेड–डीजीएफटी)ले नेपालबाट निकासी हुने पाम तेलको लाइसेन्स जारी गर्न रोकेको हो।

निश्चित कोटाका लागि खुलाएको भन्दै रोकिदिएको छ, मोरङ व्यापार सङ्घका अध्यक्ष एवं बाबा भेजिटेबल एन्ड रिफाइनरीका निर्देशक प्रकाश मुन्दडाले भने, “त्यसले गर्दा भारतीय आयातकर्ताले नेपालबाट निर्यात हुने तेल खरिद गर्न असजिलो बनाइदिइएको छ।

नेपालका निर्यातकर्तासँग भारतका आयातकर्ताले पाम तेल खरिद गर्ने गर्दछन्। डीजीएफटीले भारतीय आयातकर्ताकै लागि लाइसेन्स नदिएपछि नेपालमा उत्पादन भएको पाम भारतमा माग गर्ने सीमा हुन्छ।

व्यापारीले सुरुमै नेपालको वीरगञ्ज भन्सारबाट निकासी हुने पाम तेल खरिद गर्ने व्यापारीले तीन लाख मेट्रिक टन पाम तेल आपूर्तिको लाइसेन्स लिएका थिए भन्ने खबर गोरखापत्र दैनिकमा छ। ती भारतीय आयातकर्ताले विराटनगर भन्सार हुँदै निर्यात हुने पाम तेल खरिद नगर्ने बताएपछि विराटनगरका निर्यातकर्ता असजिलोमा परेका हुन्।

यसअघि भारतले गत पुस २३ गते पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो, क्वालिटी रिफाइनरीका निर्देशक एवं उद्योग सङ्गठन मोरङका सदस्य विपिन काबराले भने,“अहिले प्रतिबन्ध लगाएको हैन तर आयात गर्ने लाइसेन्समा कोटा तोकिदिएको जस्तो देखियो।

भारतले यस अगाडि माघ तेस्रो सातादेखि पाम तेल आयात गर्न खुला गरिदिएको थियो।” तत्काल पाम तेलको भारतमा आयात खुला गर्न भएको अनौपचारिक वार्तामा नेपालबाट वार्षिक चार लाख मेट्रिक टनसम्म निर्यात गर्न सकिने डीजीएफटीसँग अनुरोध गरिएको थियो।

प्रतिक्रिया