व्यवसायी मल्होत्राले ५ रुपैयाँमै मास्क उपलब्ध गराउने

admin

काठमाडौँ, २५ फागुन : अब ५ रुपैयाँमै मास्क उपलब्ध हुने भएको छ । बजारमा मास्कको कालोबजारी तथा अभाव बढेसँगै व्यवसायी दीपक मल्होत्राले ५ रपैयाँमै मास्क उपलब्ध गराउने भएका हुन् ।

कारोना भाइरस संक्रमणसँगै मास्कको अभाव भएपछि नेपाल चेम्बर अफ कमर्स र सरकारको सहयोगमा मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका हुन् । मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्न सक्ने क्षमताको मेसिन २–३ दिनभित्रै नेपाल ल्याएर उत्पादन सुरु गर्ने बताएका छन् ।

प्रति मास्क ६ देखि ७ रुपैयाँ लागत परेपनि उपभोक्तालाई ५ रुपैयाँमा नै उपलब्ध गराउने उनले बताए । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव तथा मूल्य आकाशीएको छ ।

प्रतिक्रिया