चैत नौं गते देखि नमूना जनगणना गरिने

admin

दार्चुला, २९ फागुन : आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ ।

त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ । तथ्याङ्क कार्यालय दार्चुलाका कार्यालय प्रमुख पदमराज पाण्डेका अनुसार महाकाली नगरपालिकाको वडा नं २ का १६१ र वडा नं ९ को २०५ घरधुरीमा नमूना गणना गरिनेछ ।

लेकम गाउँपालिकाको वडा नं ६ का १६५ तथा अपी हिमाल गाउँपालिकाको वडा नं ६ को १३३ घरधुरीमा नमूना जनगणना गरिने पाण्डेले जानकारी दिएका छन् । जनगणनामा पूरै वडा समेटिएको छैन ।

वडाभित्रका गणना क्षेत्र तोकेर नमूना जनगणना गर्न लागिएको कार्यालय प्रमुख पाण्डेको भनाइ थियो । सरकारले आगामी २०७८ जेठ २५ दखि असार ८ गतेसम्म देशभर जनगणना गर्दैछ ।

‘मेरो गणना, मेरो सहभागिता’ नारासहित हुन गइरहेको जनगणनालाई आधार मानी नमूनाका रुपमा अहिले तयारी थालिएको उनले बताए ।

जनगणनाका लागि जिल्लामा चार जना गणक छनोट गरी तालीममा सहभागी गराइएको छ । नमूना जनगणना हरेक प्रदेशबाट २ जिल्लामा गरिँदैछ ।

प्रतिक्रिया