७४ घुमुवा प्र*हरीलाई विप्लव समूहको सुराकी गर्न पूरा जिम्मेवारी

admin

काठमाडौं, चैत २ : घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्र*हरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्र*हरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्र*हरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ ।


महानगरीय प्र*हरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकैपटक हटाएर उनीहरुलाई गणमा पठाइएको महानगरीय प्र*हरी कार्यालय रानीपोखरीका प्रमुख प्र*हरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

उनीहरुलाई जिम्मेवारीबाट हटाएर एकहप्ते आचरण सुधारका लागि महानगरीय प्र*हरी शिक्षालय महारागन्जमा पठाइएको समेत उनले जानकारी दिए ।

सादा पोसाकमा खटिने प्र*हरी अधिकृत तथा जवानहरुलाई कार्यालयले अब प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य अपराधको सुराकीका लागि मात्रै परिचालन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया