हाम्रो देशमा ठूलाले मात्र बाच्न पाउने, हामीलाई गरिब बनाइएको छ : पूर्वस्वास्थ्य मन्त्री

अस्मिता बेल्बासे

काठमाडौं, ७ चैत : ओमकार महाअभियानका प्रमुख संयोजक तथा पूर्वस्वास्थ्य मन्त्री निक्ष शमशेर जबराले देशमा काम गर्ने शैली नै नभएको र ठूलालाई चैन सानालाई ऐन भएको बताएका छन् ।

पिएनपी खबरसँग कुराकानी गर्दै उनले हरेक मन्त्रालयमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ता विषयको कन्ट्रयाक्ट भएको बताए ।

सरकारले गरेको ढिलासुस्तीका कार्यले आमजनतामा ठूलो असर परेको बताउँदै देशमा काम गर्ने शैली नै नभएको र यो देशमा भिआइपीलाई मात्र स्थान भएको बताए ।

“हाम्रो देशमा ठूलाले मात्र बाच्न पाउने, ठूलालाई चैन सानालाई ऐन भएको छ । यो देश बिग्रेको नै ठूलाले गर्दा हो । हामीले माल पाएर पनि चाल पाएका छैनौँ । उनले भने”

उनले सानो देश हुनुमा पनि फइदा भएको बताउँदै जनताको आँँखामा छारो हालिएको बताए । अहिलेका मन्त्रीहरुसँग सकारात्मक सोच नै नभएको, टेन्डरको नाममा देशलाई लुटिएको बताए ।

“देश गरिब होइन हामीलाई गरिब बनाइएको छ । हाम्रो देश तीन गुण धनी भएर पनि अन्तराष्ट्रिय जगतमा हामी दश गुण गरिब भइसकेका छौँ । जबसम्म सिद्धान्तको खोल ओढेर गैर सैन्द्धान्तिक काम गर्ने मान्छे हावी हुन्छन् त्यो बेला सम्म यो देशले मुक्ति पाउने छैन । सात सालमा भएको लडाई अहिले सम्म सकिएको छैन । पात्रहरु फेरिए पनि चरित्र फेरिएको छैन । उनले भने”

बाकीँ कुराकानी हेर्नुहोस् यो भिडियोमा

प्रतिक्रिया