यी आठ देशमा बढि, कोरोना भाइरसका बिरामी

admin

एजेन्सी,९ चैत : विश्वका आठ देशमा चीनमा भन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का बिरामी रहेका छन् । चीनमा सङ्क्रमण घटेको र उपचारपछि निको हुने क्रम बढेको छ भने अरु देशमा बिरामी बढेका छन् ।

विश्वको एक सय ८८ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना सङ्क्रमणबाट आइतबार बिहान १० बजेसम्ममा तीन लाख आठ हजार दुई सय २७ जनामा सङ्क्रमण भएको छ ।

जसमध्ये ९५ हजार आठ सय २६ जना उपचारपछि निको भएका छन् भने एक लाख ९९ हजार तीन सय ३७ जना उपचार गराइरहेका छन् । १३ हजार ६४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

अहिले सबैभन्दा धेरै इटलीमा ४२ हजार ६ सय ८१ जना बिरामीले उपचार गराइरहेका छन् । इटलीमा ५३ हजार पाँच सय ७८ जनामा सङ्क्रमण भएकोमा चार हजार आठ सय २५ जनाको ज्यान गएको छ भने ६ हजार ७२ जना निको भएका छन् ।

अमेरिकामा २६ हजार तीन ३३ जना बिरामीले उपचार गराइरहेका छन् । अमेरिकामा २६ हजार आठ सय ५९ जना सङ्क्रमित भएकोमा तीन सय ४८ जनाको ज्यान गएको छ भने एक सय ७८ जना निको भएका छन् ।

जर्मनीमा २२ हजार ७१ जना, स्पेनमा २१ हजार ९ सय ९३ जना, इरानमा ११ हजार चार सय १९ जना, फ्रान्समा १२ हजार तीन सय १० जना, स्विजरल्याण्डमा ६ हजार ६ सय ५२ जना र दक्षिण कोरियामा पाँच हजार आठ सय ८४ जना बिरामी उपचाररत छन् ।

चीनमा पाँच हजार तीन सय ५३ जना उपचार गराइरहेका छन् । चीनमा ८१ हजार ५४ जनामा सङ्क्रमण भएकोमा ७२ हजार चार सय ४० जना निको भएका छन् भने तीन हजार दुई सय ६१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया