आज सुनचाँदीको मूल्य बढ्यो

admin

काठमाडौं, ९ चैत : आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गतको शुक्रबार सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै, चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया