कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मुत्यु, एक जना भेन्टिलेटरमा

admin

अमेरिका: अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको हो ।

नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिव २० बर्षदेखि अमेरिकामा थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । लिम्बुले केही समय देखी मधुमेह र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको परिवार श्रोतले जानकारी दिएको छ । जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले भने – ‘हाम्रो नेपाली समुदायबाट एकजनालाई हामीले गुमाउनु परेको छ, साह्रै दुखी भयौं, सबै जना सुरक्षित रहनु होला ।’

नेम्वाङका अनुसार उनको परिवारका सबै जनालाई सक्रमण भेटिएको छ, परिवारका बाँकी सदस्य घरमै बसिरहेका छन् ।लिम्बु एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए । प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि ६ दिन अगाडि आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तीनदिनदेखि भने स्वास्थ्यस्थीति गम्भिर भएकाले भेन्टिलेटरमा राखिएको थियो ।

न्युयोर्कको ज्याक्सनहाइट ९० स्ट्रीटमा बस्दै आएका उनीसँग परिवारका सदस्यहरुलाई पनि भेट्न दिइएको थिएन । उनीहरुले डाक्टर र नर्ससँग कुराकानी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका थिए ।

१ जना भेन्टिलेटरमा
न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण भएको पुष्टी भएपछि एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको छ ।

पारिवारिक श्रोतका अनुशार सुरुमा ज्वरो आएपछि उनी प्राइमरी केयर डाक्टरकोमा गएका थिए र चारदिनपछि फ्लोअपमा बोलाएको थियो । चारदिन पछि फ्लोअपमा बोलाएर एन्टीबायोटिक औषधी दिएको थियो तर एन्टीबायोटिक औषधी खाइसकेपछि झन् च्यापेपछि उनीहरु हिडेरै ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सीटीएमडीमा गएका थिए ।

त्यहाँ गएर चेक गर्दा अक्सिनको लेभल कम देखिएको र निमोनियाको संक्रमण भएको बताएको थियो । सीटीएमडीले अस्पताल जान रिफर गरेपछि उनीहरु हिडेरै एल्महस्र्ट अस्पताल गएका थिए ।

अघिल्लो शनिबार एल्महस्र्ट अस्पतालमा उपचारका लागि गएकोमा अस्पतालमा भर्ना गरेको थियो । उनकी श्रीमतिले भनिन् त्यसपछि हाम्रो फोनमा कुरा भइरहेको थियो । स्वासप्रश्वासमा अलिअलि समस्या भएको थियो तर सोमबार विहान फोन गर्दा फोन नै लागेन । त्यसपछि म आत्तिएँ । दिउसो सम्म कुर्दा पनि फोन नलागेपछि म आफै अस्पताल गएँ ।

प्रतिक्रिया