काभ्रेका क्वारेन्टाइनमा फ्री वाइफाइ

admin

काभ्रे: काभ्रेको मण्डन देउपुर नगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सञ्चालन गरेको क्वारेन्टाइनमा निःशुल्क इन्टरनेटको सुविधा दिएको छ । नगरपालिकाले वडा नम्बर ६ डुम्रीडाँडा स्थित महादेव प्राथमिक विद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइनमा निःशुल्क इन्टरनेटको ब्यवस्था गरेको हो ।

१७ बेड रहेको क्वारेन्टाइनमा अहिले विदेशबाट फर्किएका ८ जना बसिरहेका छन् । नगरपालिकाले कम्तिमा १४ दिन क्वारेन्टाइनमा राख्नेछ । जिल्लामा विदेशबाट फर्किएका यतिधेरै क्वारेन्टाइनमा राखेको मण्डनदेउपुर नगरपालिका नै पहिलो हो ।

एकै ठाउँमा लामो समय बस्नु पर्दा निकै असहज महशुस हुने भएकाले निःशुल्क इन्टरनेटको ब्यवस्था गरेको पालिकाका प्रवक्ता दिल्ली प्रसाद आयार्चले बताउनुभयो । नगरपालिकाले क्वारेन्टाइनमा बस्नेलाई निःशुल्क खानाको पनि ब्यवस्थापन गरेको नगरप्रमुख टोक बहादुर वाइबाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य कर्मीहरुले बेला बेला उनीहरुको स्वास्थ्य परिक्षण समेत गर्ने गरेका छन् । काभ्रे जिल्लामा हालसम्म २३६ वटा क्वारेन्टाइन कक्ष तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बतानुभयो ।

प्रतिक्रिया