दुई युवतीको स्वाब परीक्षणका लागि धरान पठाइयो

राष्ट्रिय समाचार समिति

ओखलढुङ्गा, २० चैत : कोरोनाको आशङ्कामा यहाँका दुई युवतीको स्वाब परीक्षणका लागि धरान पठाइएको छ । भारतबाट जिल्ला फर्किएलगत्तै अस्वस्थ भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएका स्थानीय दुई युवतीमा अचानक ज्वरो र खोकीको समस्या देखिएपछि कोरोनाको सङ्क्रमण जाँच्न उनीहरुको स्वाब धरान पठाइएको हो ।

गत मङ्गलबारदेखि आइसोलेसनमा राखिएका युवतीको स्वाब सङ्कलन गरी परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताउनुभयो ।

आजै बेलुकासम्म स्वाब परीक्षण केन्द्रमा पुगिसक्ने र शुक्रबार बिहानसम्ममा उनीहरुको रिपोर्ट आइसक्ने उहाँको भनाइ छ । आइसोलेसनमा राखिएका ती युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया