पोखरीमा डुबेर ३० वर्षीय राईको ज्यान गयो

admin

भक्तपुर, २३ चैत : चाँगुनारायण नगरपालिका-८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका-४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति ज्यान गएको छ ।

इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर ज्यान गएको थाहा पाएपछि प्रहरीले पोखरीबाट श’व झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

इँटाभट्टाले गहिरो पोखरी खन्ने र खुला छाड्ने गर्दा हरेक वर्ष बच्चाको ज्यान लिदै आएको पोखरीले यस वर्ष पुरुषको ज्यान गएको छ । घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया