नेपाल लकडाउन बाह्र दिन थपियो

admin

काठमाडौं, २ बैशाख : मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले जानकारी दिएका छन् ।

अहिलेसम्म १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ ।

कोरोनाका सङ्क्रमितको संख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ । लकडाउन बैशाख १५ गतेसम्म कायम रहनेछ ।

प्रतिक्रिया