र्‍यापिड डाइग्नोस्टिक टेस्टकिटमा शंका

admin

काठमाडाैं, १६ वैशाख : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ परीक्षणका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्टकिट प्रयोगमा अनुमति दिएको छैन ।

अनुमति नै नदिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सरकारले खरिद गरेको थियो । ओम्नी समूहले नै यसको प्रभावकारिता ३० प्रतिशत मात्रै भएको जानकारी सरकारलाई गराएको थियो ।

यसको प्रभावकारिता नभएको जान्दाजान्दै ७५ हजार खरिद किट खरिद गरेको थियो । खरिद गरी ल्याएको र्‍यापिड डाइग्नोस्टिक टेस्टकिटमा विवाद भएपछि यसको प्रभावकारिता ठीक भएको प्रमाणित गर्दिन स्वास्थ्यमन्त्रीनिकट व्यक्तिहरूले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिपत्र गरेका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको भन्दै प्रयोग गर्न अस्वीकार गरेको थियो । तर, हालसम्म ४३ हजार ६३ जनाको आरडिटी परीक्षण गरिएको छ । यो परीक्षण ७७ जिल्लामा पुगेको छ । तर, सरकारले पिसिआर प्रविधिबाट हुने परीक्षणलाई भने कम गर्दै लगेको छ । आरडिटी प्रयोग नहुँदा दैनिक १५ सयसम्म परीक्षण हदै आएको पिसिआर हाल तीन सयदेखि पाँच सयसम्म हुने गरेको अधिकारीहरू बताउँछन् ।

आरडिटीमा नेगेटिभ आएपछि घर पठाइएका बिरामीमा पछि कोरोना पोजिटिभ भेटिएको थियो । कोभिड जाँच गर्न पिसिआर अनिवार्य भएको जानाकारहरू बताउँछन् ।

उनीहरूका अनुसार कोभिड–१९ जाँच्न सरकारले प्रयोगमा ल्याएको ‍र्‍यापिड डाइग्नोस्टिक किटले मानिसको शरीरमा कोरोना भाइरसविरुद्ध लड्ने एन्टीबडी बने नबनेको जाँच्छ, तर कोभिड–१९ को भाइरस पहिचान गर्दैन । अर्जुन अधिकारीले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया