कार दु*र्घटनामा संचारउद्यमी भुर्तेलको मृ*त्यु, दुई घा*इते

admin

नवलपरासी : पश्चिम नवलपरासीमा कार दुर्घटना हुँदा बर्दघाटका केवल टेलिभिजन व्यवसायी हरिकृष्ण भुर्तेलको मृ*त्यु भएको छ। भुर्तेलसँगै कारमा सवार अन्य दुईजना घा*इते भएका छन्। घा*इते हुनेमा बर्दघाट नगरपालिका–४ का रामप्रसाद पाण्डे र गोकर्ण शर्मा रहेका छन्।

बिहीबार साँझ बर्दघाटबाट त्रिवेणीतर्फ जाने क्रममा भुर्तेलले चलाएको बा १२ च २००९ नम्बरको कार बर्दघाट नगरपालिका–१६ केराबारीमा सडक छेउमा रहेको विद्युतको पोलमा ठोक्किएको हो। दु*र्घटना भएपछि स्थानीयले उद्धार गरी भुर्तेललाई बर्दघाट–२ चिसापानी अस्पतालमा पाण्डे र शर्मालाई बर्दघाटमा रहेको संजिवनी हेल्थ होममा पु¥याएका थिए।

भुर्तेलको चिसापानी अस्पतालमा उपचारको क्रममा मृ*त्यु भएको हो भने घा*इतेहरुलाई थप उपचारका लागि भरतपुर पठाएको जिल्ला प्र*हरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्र*हरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। घा*इतेहरु खतरामुक्त रहेको बताइएको छ।

भुर्तेल बर्दघाट बजारमा लामो समयदेखि केवल टेलिभिजन व्यवसाय गर्दै आएका थिए। उनी दाउन्ने स्पेस नेटवर्कका सञ्चालक हुन्। उनीहरु लकडाउनको समयमा के कारणले जाँदै थिए भन्ने नखुलेको र घा*इते गोकर्णले आफूहरु बरुवा जान लागेको बताएको बर्दघाट ईलाका प्र*हरी कार्यालयका प्र*हरी निरीक्षक हेमबहादुर केसीले बताए।

प्रतिक्रिया