कोरियाको दुई सीमा क्षेत्रमा गो’ली हाना’हान

admin

काठमाडौं, २१ बैशाख : उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गो’ली हाना’हान भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन् ।

दुई कोरियालाई छु’ट्टयाउने असैनिक क्षेत्रमा उक्त घ’टना भएको हो । पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी तीसौं रा’उन्ड गो’ली चलाएका थिए ।

जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुई पटक गो’ली प्र’हार गरेको उनीहरुको थियो । दक्षिण कोरियाको सेनाले निकालेको वक्तव्यमा गो’ली हाना’हान भएपनि कुनै मा’नवीय क्षति भने नभएको उल्लेख गरिएको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिनपछि सार्वजनिक भएको भोलिपल्ट यस्तो घ’टना भएको हो । सर्वोच्च नेता उन अस्वस्थ रहेको भन्दै केही दिनदेखि हल्ला चलेको थियो भने दक्षिण कोरियाली अधिकारीहरुले हल्ला चलाएको बताइएको थियो ।

दोस्रो वि’श्वयु’द्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । बाहिर सम्बन्ध सुध्रिए जस्तो देखिए पनि यी दुई मुलुकका बीचमा अझै पनि धेरै विषयमा शत्रुतापूर्ण सम्बन्ध रहेको छ ।

प्रतिक्रिया