सल्यान, २३ वैशाख: सल्यानमा च*ट्याङ लागेर एक जनाको मृ*त्यु भएको छ भने पाँच जना घा*इते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृ*त्यु भएको हो ।
मङ्गलबार बिहान घरमा परेको च*ट्याङले गम्भीर घा*इते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृ*त्यु भएको जिल्ला प्र*हरी कार्यालय सल्यानका प्र*हरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
यस्तै च*ट्याङ लागेर कुमाख गाउँपालिका–३ का वडा सदस्य ३६ वर्षीय अतिराम राना, उहाँकी ३० वर्षीया श्रीमती दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेकबहादुर राना र २३ वर्षीय रणसिहं राना घाइते भएको प्र*हरीले जनाएको छ । घा*इते सबैको सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्र*हरीको भनाइ छ ।