विश्वभर ३ लाख ३ हजारको मृत्यु, भारतमा संक्रमितको संख्या ८१ हजार ९०० नाघ्यो

admin

काठमाडौं, २ जेठ : कोरोनाभाइरस (कोभिड-१९) का कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार ३२४ जना नयाँ संक्रमित भेटिएका छन् ।

अघिल्लो दिन पनि ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१७ जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ५४८ जनाको स्वास्थ्य अवस्था कोरोनाबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख २६ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार ६१४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७१५ जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ७७२ जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८६ हजार ९१२ पुगेको छ ।

कोरोनाबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा २६२, स्पेनमा २१७ र फ्रान्समा ३५१ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार ९९३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८३५ जनाको ज्यान गएको छ ।

भारतमा गत २४ घण्टामा थप ३ हजार ९६७ जना कोरोना संक्रमित भएपछि संक्रमितको संख्या शुक्रबारसम्म ८१ हजार ९७० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा बिहीबार एकै दिनमा १०० को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको संख्या २ हजार ६४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५१ हजार ४०१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २७ हजार ५२४ नागरिक कोरोना संक्रमित रहेका छन् ।

महाराष्ट्रमा ६ हजार ५९ व्यक्ति निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाछ १ हजार १९ जनाको मृत्यु भएको छ । महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने २ हजार २४० जना भने निको भएका छन् । तमिलनाडूमा ६६ जना कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

गुजरातमा ९ हजार ५९१ संक्रमति रहेका छन् भएका भने ३ हजार ७५३ निको भएका छन् । गुजरातमा कोरोनाको संक्रमणबाट ५८६ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोनाको संक्रमणको संख्या ८ हजार ४७० पुगेको छ ।

दिल्लीमा ३ हजार ४५ कोराना संक्रमित भएका छन् । दिल्लीमा ३ हजार ४५ जना कोरोना निको भएको छ । दिल्लीमा यस संक्रमणबाट ११५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया