भक्तपुरका दुई जनामा आरडिटी ‘पोजेटिभ’,भक्तपुर सिल गर्ने तयारी

admin

भक्तपुर: भक्तपुरको सल्लाघारी, पाण्डोबजार र ल्योसिंख्य क्षेत्रर्ला सिल गरिएको छ । नवलपरासीबाट डेरामा फर्किएका एक र काठमाडौं महानगरपालिकाका सफाई मजदुरमा आरडिटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि ती क्षेत्र सिल गरिएको हो ।

भक्तपुरको सल्लाघारीमा डेरागरी बस्ने एक पुरुष नवलपरासीबाट शुक्रबार डेरामा फर्किएका थिए । उनको आरडिटी परीक्षण गर्दा पोजिटिभ देखिएपछि उनको डेरा क्षेत्र सिल गरिएको भक्तपुरका प्र’हरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाका सफाई मजदुरका रुपमा काम गर्ने सूर्यविनायक नगरपालिका–६ पाण्डोबजार बस्ने एक पुरुषको आरडिटी रिपोर्ट पोजिटिभ देखिएपछि उक्त क्षेत्र सिल गरिएको छ । उनको पुख्र्यौली घर भक्तपुर नगरपालिका–५ ल्योसिंख्य हो

प्रतिक्रिया