आज नेपालको ‘नयाँ नक्सा’ सार्वजनिक गरिदै

admin

काठमाडौं, ७ जेठ : नेपालको नयाँ नक्सा (आज) बुधबार नेपाल टेलिभिजन मार्फत लाइभ गरी सार्वजनिक गरिदै छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू भाग समेटेर तयार पारिएको नक्सा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गर्ने भएको हो । नेपाल टेलिभिजन मार्फत लाइभ गरेर नक्सा सार्वजनिक गरिने भूमि मन्त्री पद्या अर्यालको सचिवालयले जनाएको छ ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले यो भुमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्विृकती गरेको थियो । मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको र आज सार्वजनिक गरिने मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदलाई सम्बोधन गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र यो फिर्ता ल्याएरै छाड्ने बताएका छन् । भारतले भने यो भुमि आफ्नो भएको दावी गर्दै सडक बनाइसकेको छ ।

अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनितिक नियोग लगायतमा नेपालको नयाँ नक्सा चलनमा आउनेछ । नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ ।

प्रतिक्रिया