महिला मृ’त फेला, ह’त्या आशङ्कामा युवक प’क्राउ

राष्ट्रिय समाचार समिति

खोटाङ, ९ जेठ : खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृ’त फेला परेकी छन् ।

दुई छोरीको विवाह भइसकेको र श्रीमान्को पनि मृ’त्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीको श’व आज बिहान घाँटीको÷दायाँ सामान्य चो’ट लागेको अवस्थामा फेला पारिएको हो ।

एकल महिलाको ह’त्या गरेको आशङ्कामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक नारायण चिमोरियाले बताउनुभयो ।

“एकल महिलाको गए राति १०ः०० बजे घाँटी थिचेर ह’त्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो, “प’क्राउ परेका मुकेशले प्र’हरी सामु ‘मान्छे मा’रेर आएको’ भनेका छन् ।”

महिलाको ह’त्यापछि आज बिहान सिम्पानीतर्फ जाँदै गरेका मुकेशलाई प्र’हरीले बाटैबाट नियन्त्रणमा लिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।

स्थानीय बासिन्दाले प्र’हरीलाई खबर गरेपछि वडासदस्य अर्जुन राईसँगै छिमेकीलाई हेर्न पठाउँदा महिला मृ’त फेला परेकी थिइन् । महिला ह’त्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता प्र’हरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया