कोरोना जितेर आठ जना घर पर्किए

admin

लमही, १६ जेठ : दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट शुक्रबार आठ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिए ।

वलीका अनुसार घर फर्कनेमा कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन् । कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५ मध्ये आठ जना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

अस्पतालमा रुकुम (पूर्व), रुपन्देही, कपिलवस्तु, बाँके, दाङ र बर्दियाका छन् । उपचार गराइरहेकामध्ये दुई महिला भएको वलीले बताए ।

प्रतिक्रिया