अमेरिकामा हजारौँद्धारा शान्तिपूर्ण प्रदर्शन

राष्ट्रिय समाचार समिति

मिनियापलिस, २१ जेठ : हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्र’हरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृ’त्यु भएपछि उनको ह’त्या भएकोभन्दै देशभरी प्रदर्शन भइरहेको छ ।

एक हप्ता अगाडी भएको घ’टनापछि गत हप्ताभरी हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुन थालेको हो । अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् ।

आन्दोलन हिंसात्मक हुदैगएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर कफ्र्यु आदेश पनि जारी गर्नु गरेको थियो । कतिपय ठाउँमा कफ्र्यु पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउदै लगेका थिए ।

प्रदर्शनकारी र प्र’हरीका बीचमा धेरै ठाउँमा झ’डप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १ जनाको मृ’त्यु पनि भएको छ । यो बीचमा हजारौँ प’क्राउ परेका छन् भने सयौँ घा’इते भएका छन् ।

तर बुधबार विहान भने देशभरी हजारौँ व्यक्तिले सडकमा शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ । मृ’तक फ्लोयडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेकाले हिं’सात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भएको हो ।

प्रतिक्रिया